२३ कार्तिक २०८३, सोमबार

काठमाडौं ओर्लिएर सिधै भारतीय दूतावास किन छिरे राजेन्द्र महतो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato-2

काठमाडौं, ३ माघ । दुई साता लामो दिल्ली बसाईपछि आइतबार काठमाडौं फर्किएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय राजदूतावास गएका छन् ।

लैनचौरस्थित दूतावासमा महतोले भारतीय राजदूत रञ्जीत रेसँग भलाकुसारी गरेको स्रोतले जनाएको छ । काठमाडौं ओर्लिएपछि एयरपोर्टमै एक घण्टा विताएका महतो त्यसपछि सिधै लैनचौरको दूतावासभित्र छिरेका थिए । महतो एक्लै दूतावास गएका हुन् ।

राजदूत रेले बोलाएपछि महतो दूतावास छिरेका थिए । संविधान संशोधन विधेयक पारित गर्न र अवरोध नगर्न राजदूत रेले महतोलाई दबाबमुलक सुझाव दिएको स्रोतको दाबी छ । साथै सहमतिबाटै अगाडि बढ्न रेले सुझाव दिएका थिए ।

सदभावना पार्टीका एक नेताका अनुसार महतोलाई भारतीय दूतावासले काठमाडौं ओर्लिएपछि फोन गरेर बोलाएको थियो । काठमाडौंमा पाइला नटेक्ने महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न आएका हुन् ।