२३ कार्तिक २०८३, सोमबार

नेपाललाई चीनले अझै सहयोग गर्छः चिनियाँ अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paudel-chinaकाठमाडौं, ३ माघ । एसियाली पूर्वाधार लगानी बैंकको उद्घाटन समारोह र बोर्ड अफ गर्भनरको बैठकमा भाग लिन चीन भ्रमणमा रहनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चिनियाँ अर्थमन्त्री लि जुवेईबीच आज भेटवार्ता भएको छ ।

उक्त अवसरमा दुई देशबीच आर्थिक र प्राविधिक सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

बेइजिङमा भएको भेटवार्ता मा अर्थमन्त्री पौडेलले नेपालको विकास प्रयासमा चीनले पुर्याएको सहयोगको सराहना गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

साथै अर्थमन्त्री पौडेलले नेपालमा इन्धन आपूर्ति, पूर्वाधार विकास र चिनियाँ लगानी वृद्धि गर्न चिनियाँ पक्षको सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीको आगामी चीन भ्रमण अगावै व्यापार, पारवहन र लगानी सम्बन्धमा ठोस निष्कर्षमा पुग्न र नेपाल र चीनबीचको उच्चस्तरीय संयन्त्रहरुको बैठक राख्न समेत चिनियाँ सहयोगका लागि आग्रह गर्नुभयो ।

प्रत्युत्तरमा चिनियाँ अर्थमन्त्रीले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै नेपालमा चीनको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।

नेपालबाट उठाएका विषयहरुमा चीन सकारात्मक रहेको र दुई देशबीचको सम्बन्ध आगामी दिनमा दीर्घकालिन आपसी हितका आधारमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।