
काठमाडौं, ३ माघ । मेलवर्न मैदानमा भएको एकदिवसीय क्रिकेटको तेस्रो सिरिजमा पनि भारत पराजित भएको छ ।
घरेलु मैदानमा अष्ट्रेलियाले भारतलाई ३ विकेटले हराएको हो । लगातार तीन खेलमा जित हात पार्दै अष्ट्रेलियाले पाँच म्याचको सिसिज ३–० ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।
अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि विराट कोहलीले शतक हाने । उनको शतकको मद्दतमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९५ रन बनायो ।
जवाफी व्याटिङ गरेको अष्ट्रेलियाले ४८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याब्सबेजले ८३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ९६ रन बनाए ।
शन मार्सले ६२ रन बनाए । कप्तान स्टिभ स्मिथले ४१ रन जोडे । भारतका उमेश यादव, इशान्त शर्मा र रविन्द्र जडेजाले समान २–२ विकेट लिए ।















प्रतिक्रिया