१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानमा आत्मघाती आक्रमण १३ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghanistan

जलालाबाद (अफगानिास्तान), ३ माघ । अफगानस्तिानको जलालाबाद सहरमा एक प्रख्यात राजनितिज्ञको घरलाई लक्ष्यगरी भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको पूर्वी सहरमा एक हप्ता भन्दा कम समयमा भएको भीषण आक्रमणहरुमा यो दोस्रो हो ।
जलालाबादको प्रान्तीय राजधानी नान्र्गाहारका गभर्गर सिन्वारीको घरलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ घाइते भएका छन् ।

सिन्वारी नान्र्गाहार प्रान्तीय परिषदको प्रख्यात सदस्य हुनुहन्छ । उहाँका परिवारजनका अनुसार उहाँ स्थानीय राजनितिमा पनि व्यस्त हुनु भएको जनाइएको छ । रासस/एएफपी