१ कार्तिक २०८३, शनिबार

साठी भन्दा बढी सैनिकको हत्या गरेको अल सेबाबको दाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kenya-army

मोगादिसु, ३ माघ । अल कायदासँग सम्बन्ध रहेको एक सोमालियाली आतङ्ककारी समूह अल सेबाबले सोमालियमा रहेको अफ्रिकन युनियनको संयुक्त सैन्य शिविरमा हमलामा ६३ जना केन्याली सैनिकको हत्या गरेको दाबी गरेको छ ।

यसअघि केही केन्याली सैनिकको हत्या भएको बताइएको थियो । सोमालियाको सशस्त्र विद्रोही समूह अल सेबाबले सो हमला गरेको बताइएको हो ।

सोमालियामा रहेको सो सैन्य शिविरमा अल सेबाबले शुक्रबार बिहान सबेरै हमला गरेको जनाएको थियो ।

सोमालियाको राजधानी मोगादिसुबाट ५५० किलोमिटर पश्चिममा पर्ने शिविरमा उक्त समूहले अत्याधुनिक हतियारले हमला गरेको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

सो समूहका प्रवक्ता अबिदबिज अबु मुसाबले शुक्रबार गरिएको कारबाहीमा केन्याका ६३ जना सैनिकको हत्या गरेको जानकारी शनिबार आफ्नो बेभसाइटमार्फत दिएका छन् ।

उनले सो आक्रमणलाई मुजाहिद्दिन समूहले गरेको एक सफल करबाहीका रुपमा पनि उक्त बेभसाइटमा जनाएका बताइएको छ ।

उक्त सशस्त्र समूह आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्धित रहेको छ । उक्त क्षेत्रमा सो हतियारधारी समूहले यस अघि पनि पटक÷पटक आक्रमणको प्रयास गरेको थियो । रासस/सिन्ह्वा