३० आश्विन २०८३, शुक्रबार

विराट कोहलीले तोडे सचिनको रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

viratkohliap

काठमाडौं, ३ माघ । भारतका चर्चित क्रिकेटर विराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन् । उनले भारतकै चर्चित क्रिकेटर एवं पूर्व कप्तान सचिन तेन्दुलकरको रेकर्ड पनि तोडेका छन् ।

टीम इण्डियाका क्रिकेटर कोहली वनडे क्रिकेटमा सबैभन्दा छिटो ७००० रन बनाउने क्रिकेटर बन्न सफल भएका हुन् । आइतबार अस्ट्रेलियाविरुद्धको तेस्रो वनडे म्याचमा कोहलीले यो रेकर्ड बनाएका हुन् ।

यसका साथै कोहलीले १६९ म्याचको १६१ पारिमा आफ्नो २४औं शतक हानेर सचिन तेन्दुलकरको २१९ पारिमा २४ शतक हान्ने रेकर्ड पनि तोडेका छन् ।

हाल भारत अष्ट्रेलियाबीच मेलबर्नमा एकदिवसीय क्रिकेट प्रतियोगिता भइरहेको छ । जसमा दुई खेलमा भारत पराजित भएको छ । आज तेस्रो खेल जारी छ ।