
काठमाडौं, ३ माघ । विमानस्थलका कर्मचारीमाथि हातपात गरेको अभियोगमा एक सांसद पक्राउ परेका छन् ।
गत नोभेम्बरमा तिरुपति एयरपोर्टमा एअर इण्डियाका एक कर्मचारीसँग बदला लिएको आरोपमा वाईएसआर कांग्रेसका सांसद मिथुन रेड्डीलाई शनिवार राति प्रहरीले घरबाटै पक्राउ गरेको भारतीय च्यानल आजतकले जनाएको छ ।
मिथुनमाथि एअर इण्डियाका एयरपोर्ट म्यानेजरलाई थप्पड हानेको अभियोग लगाइएको छ । बोर्डिंग समय सकिएपछि पनि आफ्ना नातेदारलाई भेट्न जान खोज्दा कर्मचारीले रोकेपछिसांसद रिसाएका थिए ।
मिथुन रेड्डी आन्ध्र प्रदेशको राजमपेटबाट निर्वाचित लोकसभा सांसद हुन् । उनीविरुद्ध आपराधिक मुद्दा दर्ता गरेर लुकआउट नोटिस जारी गरिएको थियो । उनको तर्फबाट कुनै प्रतिक्रिया नआएपछि प्रहरीले उनलाई पक्रेको हो ।
नोभेम्बर २०१५ मिथुन एयरपोर्टमा एअर इण्डियाका म्यानेजर राजशेखरको क्याबिनमा गएर आफ्ना नातेदारको फ्लाइटमा बोर्डिंग पास दिलाउनका लागि बहस गर्न थाले । त्यसपछि मिथुनले कथित रुपमा म्यानेजरलाई धम्क्याउँदै कसेर थप्पड हानेका थिए ।















प्रतिक्रिया