काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले आफ्नो १३औँ महाधिवेशनको तयारी स्वरुप आफ्ना गतिविधिमा तीव्रता दिएको छ । माघ १५ गते कांग्रेसले गाउँस्तरीय महाधिवेशन गर्दैछ ।
गाउँस्तरीय महाधिवेशन हुनुअगाडि कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची कांग्रेसले आफ्नो वेब साइटमा राख्ने जनाएको छ । कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्यहरू छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव प्रकाश शर्माका अनुसार आज (आइतबार) दिनभरिमा सबै क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा राखिनेछ ।
प्राविधिक समस्याले शनिबार क्रियाशील सदस्यहरूको नाम वेबसाइटमा राख्न नसकिएको शर्माले बताउनुभयो ।
कांग्रेसले आफ्नो क्षेत्रीय अधिवशेन माघ २२ गते, जिल्ला अधिवेशनहरू माघ २५ गते गरिसक्न मातहतलाई निर्देशन दिइसकेको छ ।
१३औँ केन्द्रीय महाधिवेशन भने फागुनको २० देखि २३ गतेसम्म काठमाडौंमा हुनेछ । (वेबसाइटमा राखेपछि क्रियाली सदस्यहरूको नामावली www.nepalicongress.org मा हेर्न सक्नु हुन्छ)












प्रतिक्रिया