
मुम्बई । बलिउडमा सबैभन्दा रुचाइएको जोडी रणवीर र कटरीनाबीच ब्रेक अप भएको खबर भाइरल बनेको छ ।
पछिल्लो ६ वर्षदेखि दुबै जनाले एक हुने कसम खाँदै प्रेम गरिरहेका थिए । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार रणवीर कपुर र कैटरीनाको ब्रेक अप भएको हो । रणवीर कपूर कार्टर रोडको फ्ल्याट छाडेर आफ्नो घर फर्किएका छन् । उता कैटरीना पनि आफ्नो फिल्म फितूरको प्रमोशनका लागि दिल्ली छाडेकी छिन् । दुबै जना कार्टर रोडमा सँगै बस्दै आएका थिए ।
समाचार अनुसार ब्रेक अपको कारण बलिउडकी अर्की सुन्दरी दिपिका पादुकोण हुन् । दिपिकासँग फिल्म तमाशाबाट नजिकिएका रणवीरदेखि कैटरीना शंशकित थिइन् । दिपिकासँग नजिकिएको भन्दै कैटरीनाले रणवीरसँग नाता तोडेको हुनसक्ने बताइएको छ ।
अर्काे कारण रणवीरकै परिवार हुन् । बलिउड अभिनेता ऋषि कपुर कैटरीनालाई बुहारी बनाउन तयार छैनन् । जसका कारण पनि रणवीरले सम्बन्ध तोडेको हुन्सक्छ ।















प्रतिक्रिया