१ कार्तिक २०८३, शनिबार

राजधानीको स्पेन्डिड् होटलमा घेरा हालेर आक्रमण, २० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bomb-blast-in-hotel-1

औगादुगु, २ माघ । बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहानैदेखि एक होटललाई घेरामा हाली त्यहाँ रहेका व्यक्तिको हत्या प्रयास गरेका छन् ।

यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको समाचारमा जनाइएको छ । त्यसमा परी अरु ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ । सेना र प्रहरीले गरेको कैयौँ घन्टाको प्रयासपछि होटलभित्र रहेका ६३ जनालाई मुक्त गराएको छ ।

ती सबैलाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर आक्रमण थालेका थिए । तर तत्कालै त्यहाँ पुगेको सेनाको प्रयासका कारण धेरैको ज्यान जोगिएको बताइएको छ ।

बुर्किनाफासोको राजधानीमा रहेको स्पेन्डिड् होटललाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर हमला थालेका थिए । त्यसमा परी २० जनाको ज्यान गएको छ ।

bomb-blast-in-hotel

सो होटलमा संयुक्त राष्ट्रसंघका कर्मचारी रहेको अनुमानको आधारमा यस्तो हमला भएको प्रहरीले अनुमान गरेको छ ।

बुर्किनाफासोका गृहमन्त्री सिमोन कम्पेररले त्यहाँ अहिलेसम्ममा २० जनाको शव भेटिएको र अझै मारिनेको सङ्ख्या धेरै पनि पुग्नसक्ने अनुमान गरिएको बताउनुभयो ।

सो होटलमा १४७ वटा कोठा रहेका छन् । तर ती कोठामा कतिजना पाहुना थिए र के कतिजना आक्रमणकारी रहेका छन् भन्ने बारेमा पनि केही भन्न नसकिएको पनि जानकारी उहाँले दिनुभयो ।

गृहमन्त्री कम्पेररले भन्नुभयो- के कतिजना मारिएका छन् र आक्रमणकारी कतिजना त्यहाँ लुकेर रहेका छन् भन्ने बारेमा अझै पूर्ण विवरण आइसकेको छैन ।

मारिने व्यक्ति सोही होटलका पाहुना भएको अनुमान गरिएको भएपनि उनीहरको पहिचान हुन सकिरहेको छैन ।

सञ्चारमन्त्री रेमिस दान्जिनुले हाल पनि सो होटलमा द्विपक्षीय भिडन्त जारी नै रहेकोले मारिने व्यक्ति र त्यहाँ भित्र बन्धक बनाइएका व्यक्तिका बारेमा पूर्ण सूचना प्राप्त नभएको बताउनुभयो ।

होटलको परिसरमा रहेका दशभन्दा बढी सवारी साधनमा आगो लगाइएको छ । होटलका विभिन्न कोठामा आगो लागेका कारण धुवाँ उडेको देखिएको छ ।

त्यसैगरी भित्र थुनिएर रहेका कैयौँ व्यक्तिले रोइ कराई गरिरहेको पनि सुनिएको समाचारमा उल्लेख गरिएको छ । बुर्किनाफासोको सेनाले आतङ्ककारीविरुद्धको कारबाही थालिएको र अहिलेसम्म पूरा नभएकोले पूर्ण विवरण आइनसकेको जनाएको छ ।

उसले आक्रमण अल कायदाले नै गरेको खुलेको जानकारी पनि दिएको छ । तर यस विषयमा सो संगठनले भने केही बताएको छैन । रासस/एएफपी