
काठमाडौँ । ‘मिस कलेज २०१५’ को उपाधि नीतिका कर्माचार्यले जित्नुभएको छ ।
सिजन मिडियाद्वारा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा कर्माचार्यले १६ प्रतिस्पर्धीलाई पछि पार्दै छैटौं संस्करणको उपाधि जित्नुभएको हो ।
त्यस्तै प्रतियोगिताको ‘फस्ट रनर अप’ प्राची अर्याल तथा ‘सेकेण्ड रनर अप’ प्रतिक्षा बानियाँ हुनुभयो ।
प्रतियोगिताको उपाधि विजेतालाई महिन्द्राको स्कुटर, साउथ वेस्टन स्टेट, क्याम्पियनलगायतका कलेजमा छात्रबृत्तिसँगै विभिन्न पुरस्कार प्रदान गरियो । त्यस्तै, ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’ले मोबाइल फोन, छात्रबृत्तिलगायतका विभिन्न पुरस्कार हात पारे । त्यसैगरी, सबै प्रतिस्पर्धीलाई एक/एक विधाको उपाधि प्रदान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सौदर्य प्रतियोगितामा सुन्दरतासँगै व्यक्तित्व, शिक्षा, क्षमताको मुल्याङकन हुने भएकाले यसबाट सबैलाई आफ्नो क्षमता अभिबृद्धि र कार्यकुशलता प्रर्दशन गर्न अवसर मिल्ने बताउनुभयो ।
सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले कलेजस्तरबाटै विद्यार्थीको व्यक्तित्व विकास गरेर देश र समाज निर्माणमा सहयोग पुर्याउने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।















प्रतिक्रिया