२३ कार्तिक २०८३, सोमबार

शीर्ष बैठक पहिला, त्यसपछि कार्यदलको बैठक, दलहरू सहमति नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, २ माघ । मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा छलफल गर्दै आएको कार्यदलस्तरीय छलफलमा धेरै विषय सकारात्मक रुपमा अगाडि बढेको नेताहरूले प्रतिक्रिया दिन थालेका छन् ।

सोही छलफलका आधारमा मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न प्रमुख दलहरू तयार भएको बताइएको छ । यसै क्रममा प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठकमा मधेसी मोर्चाका मागका विषयमा कार्यदलस्तरीय छलफलमा भएका विषयहरूमा अहिलेसम्म भएको प्रगतिका बारेमा परामर्श हुनेछ ।

बालुवाटारको शीर्ष बैठकपछि आजै तीन बजे सिंहदरबारमा कार्यदलको पुनः बैठक बस्ने तयारी भएको छ ।

कार्यदलमा अहिलेसम्म भएका छलफल सकारात्मक रुपमा अगाडि बढेको मधेसी मोर्चाका नेता तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभएको छ ।