२३ कार्तिक २०८३, सोमबार

पदाधिकारी थप्ने विषयमा कांग्रेसभित्र सहमति हुन सकेन, कोइराला र देउवाका आ–आफ्नै दाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Meetingकाठमाडौं, १ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो १३औँ महाधिवेशनका विषयमा छलफल तीव्र बनाएको छ ।

सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा शुक्रबार साँझ बसेको पदाधिकारी बैठकमा विशेष गरेर १३औँ महाधिवेशनको तयारी र विधान संशोधन तथा परिमार्जनका विषयमा छलफल भएको केन्द्रीय सदस्य प्रकाश शरण महतले जानकारी दिनुभयो ।

‘पार्टीको १३औँ महाधिवेशनलाई लिएर छलफल भएको हो’, उहाँले भन्नुभयो, ‘विधान संशोधान वा परिमार्जनका विषयमा छलफल र तयारीका विषयमा परामर्श भएको छ ।’

बैठकमा विधान संशोधन र परिमार्जनका विषयमा छलफल भए पनि ठोस निर्णय केही नभएको उहाँले बताउनुभयो ।

१३औँ महाधिवेशनमा कांग्रेस संस्थापन समूहले पदाधिकारी थप्ने पक्षमा छ । तर वरिष्ठ नेता शेरबहादुर देउवा समूह अहिले पदाधिकारी थप्न नहुने पक्षमा जोडदार रुपमा लागेको छ ।

बैठकमा सभापति कोइरालाका साथै, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिंह, कोषाध्यक्ष चित्रलेखा यादवलगायत दर्जन नेताहरूको सहभागिता रहेको छ ।