२३ कार्तिक २०८३, सोमबार

ओली सरकारविरुद्ध एमाओवादीको कडा प्रहार, अब जेपनि हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji-Shresthaकाठमाडौं, १ माघ । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकाको कामबाट सरकारमा सहभागी कुनै पार्टी सन्तुष्ट नरहेको बताउनुभएको छ । उहाँले सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरगर्दै उहाँले भन्नुभयो, ‘सरकारको कामबाट सन्तुष्ट हुने अवस्था छैन । योभन्दैमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन ।’

सरकारको कामकारबाही र एमाओवादीको भागमा परेको मन्त्रालयहरूका विषयमा पार्टीभित्र समीक्षा भएको बताउनुभएका उपाध्यक्ष श्रेष्ठले सरकारले गर्ने गलत कामको मुकदर्शक भएर नबस्ने बताउनुभयो ।

‘पार्टीमा समीक्षामा छौँ । तत्काल गम्भीर निर्णयमा जाने छैनौँ । मुकदर्शक भएर बस्दैनौँ । सरकारले धेरै मेहन गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘सरकारबाट फिर्ता हुने वा मन्त्री फिर्ता बोलाउने कुरा सोँचेका छैनौँ ।’

उपाध्यक्ष श्रेष्ठले वर्तमन सरकारलाई जे पनि गर्न छुट नरहेका बताउनुभयो । ‘सरकारमा मन्त्री बन्नका लागि समर्थन मात्रै गर्दैनौँ’, उहाँले भन्नुभयो, ‘सरकारका कामिकमजोरी छन् । त्यसलाई सुधार अनिर्वाय भइसकेको छ । अन्यथा जेपनि गर्नुपर्ने अवस्था आउन सक्छ ।’