२३ कार्तिक २०८३, सोमबार

कक्षा ११ को परीक्षाफल प्रकाशित, परीक्षामा सहभागीमध्ये ५० प्रतिशत पनि पास भएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBकाठमाडौं, ३० पुस । झण्डै ६ महिनापछि कक्षा ११ को नतिजा सार्वजनिक भएको छ ।

गत असार महिनामा सम्पन्न परीक्षाको ६ महिनापछि विहीबार उच्च माध्यमिक शिक्षा परिषदले नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार परीक्षामा सहभागीमध्ये नियमित तर्फ ४९.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परिषदले एक विषय लागेका परीक्षार्थीका लागि मौका परीक्षा माघ २९ गतेदेखि सञ्चालन गर्नेछ ।

संख्यामा नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का अनुसार परीक्षामा २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी सहभागी भएका थिए ।

अघिल्लो वर्ष ४७. २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।