
धनगढी, ३० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको गोदावरी देवभूमिको पवित्र स्थल भएको बताउनु भएको छ ।
आज कैलालीको प्रसिद्ध धार्मिक स्थल गोदावरीमा मेलाको उद्घाटन गर्दै उहाँले गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शनमेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सुदूरपश्चिममा रहेका खप्तड, बडीमालिका, शैलेश्वरी जस्ता धार्मिक स्थलको पहिचान भई विश्व सामु चिनाउन यो धार्मिक मेला सफल हुने बताउनुभयो ।

सुदूरपश्चिम प्राकृतिक एवं धार्मिक रुपमा सम्पन्न भएको भन्दै राष्ट्रपतिभण्डारीले यसको प्रवद्र्धन सम्बद्र्धनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सुदूरपश्चिमको गोदावरी देवभूमिको उद्गम स्थल भएको चर्चा गर्दै गोदावरी धाम बाहिय धार्मिक पर्यटकको आकर्षणको केन्द्र बिन्दु हुनसक्ने बताउनुभयो ।

त्यसैगरी उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सात नं. प्रदेशको आकर्षणको केन्द्र बिन्दु गोदावरी धाम भएको बताउँदै यो कुम्भ मेलाले देशभर मात्र होइन विदेशमा पनि सकारात्मक सन्देश दिने बताए ।
उनले सुदूरपश्चिमको उन्नती प्रगतीको प्रयास सह्रानीय भएको बताउँदै सबै जनताले आ आफ्नो ठाउँबाट विकासका लागि लागिरहन आवश्यक रहेको बताए ।


संविधानमा सबै जातजातीको अधिकार सुनिश्चित गरिएको बताउँदै उनले धर्म निरपेक्ष भन्दैमा दुखी नहुन र यसमापनि आस्था अनुसार मार्ग प्रशस्त गरिएको बताए ।
कार्यक्रममा सुदूरपश्चिमका सांसद एमालेका प्रेम आले, मोहनसिंह राठौर, गरिमा शाह, एलबी रावल, काँग्रेसका दीर्घराज भाट, एमाओवादीका पूर्वमन्त्री लेखराज भट्ट लागयतको उपस्थिती रहेको थियो ।
आजदेखि संचालन भएको यो कुम्भ मेला १ महिनासम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कुम्भमेलामा देश विदेशका दर्शनार्थीहरुको उल्लेख्य सहभागीता हुने पनि बताइएको छ ।













प्रतिक्रिया