३० आश्विन २०८३, शुक्रबार

दोस्रो कटारी गोल्डकप फागुन ४ गतेदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_finalगाईघाट (उदयपुर), ३० पुस । गत वर्षदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा औपचारिक रुपमा सुरु भएको कटारी गोल्डकपको दोस्रो कटारी गोल्डकप यसपटक आगामी फागुन ४ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय स्तरका ‘ए’ डिभिजन फुटबल टिमसहित सहभागी हुने सो कटारी गोल्डकपको फाइनल खेल फागुन १३ गते सम्पन्न हुने कुरा कटारी गोल्डकपका संयोजक बिनोद कटुवालले बताउनुभयो ।

उक्त गोल्डकप खेलमा आठवटा फुटबल टिमको सहभागिता रहने भएको छ । नकआउटका आधारमा खेलाइने उक्त गोल्डकपमा प्रथम हुने टिमलाई ट्रफीसहित एक लाख २५ हजार नगद पुरस्कार प्रदान गरिने पनि दोस्रो कटारी गोल्डकपका आयोजकले बताएका छन् ।

यस्तै, दोस्रो हुने टिमलाई नगद रु ७५ हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले बताएका छन् । रासस