२३ कार्तिक २०८३, सोमबार

बालुवाटारमा प्रमुख तीन दलको बैठकः मधेसी मोर्चासँग पाँच गतेभित्र ठोस सहमति गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

– विमल योगी
काठमाडौं, ३० पुस । मुलुकको अवस्था सहज बनाउन बसेको प्रमुख तीन दलको बैठकले वार्ताबाटै आन्दोलनरत पक्षसँग सहमति गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रतिपक्षी कांग्रेस, सत्तारुढ एमाले र एमाओवादीको बैठकले आगामी माघ पाँच गतेभित्रै तराईमा आन्दोलनरत मधेसी मोर्चासँग सहमति गर्ने निर्णय गरेको हो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति खोज्न गठित कार्यदलमा मोर्चाका ११ बुँदे मागबारे भएको छलफलको समिक्षा भएको र सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो- कार्यदलको छलफल, सम्वाद सकारात्मक भएको पायौ । पाँच गते अगाडि नै मधेसी मोर्चासँग ठोस सहमति गर्ने गरी छलफल भइरहेको छ ।

बैठकमा प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच भएका छलफलबारे कांग्रेस नेता महेश आचार्यले विफ्रङ गर्नुभएको थियो । ‘सीमांकन, नागरिकता, भाषा लगायतका विषयमा लचिलो भएर अगाडि बढ्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो– ‘नेपाली सेनाको पुनःसंरचना, आरक्षण बढाउने विषयमा छलफल भइरहेको छ । बैठक भोली फेरि बस्छ । त्यसलगत्तै कार्यदलसँग छलफल हुन्छ ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दोस्रो तहका नेताहरु सहभागी हुनुहुन्थ्यो ।