२३ कार्तिक २०८३, सोमबार

शीर्ष नेताहरूको बैठक बस्दै, मधेसी मोर्चाको मागमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, ३० पुस । मुलुकको पछिल्लो अवस्था र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठकको तयारी भएको छ ।

एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावलका अनुसार प्रमुख दलका शीर्ष नेताहरूको बैठकमार्फत कार्यदलमा भएको छलफलका विषयमा साझा धारणा बनाउने तयारी भएको छ ।

कार्यदलमा मधेसी मोर्चाका मागका विषयमा परामर्श सक्किएकाले शीर्ष बैठकबाट त्यसलाई निकास दिने विषयमा तयारी भएको रावलले बताउनुभयो ।

‘कार्यदलमा छलफल सक्किएको छ’, उहाँले भन्नुभयो, ‘अब प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले त्यसमा आफ्नो धारणा दिनुपर्छ ।’

कार्यदलमा भएको प्रगतिका विषयमा छलफल गर्न आजका लागि शीर्ष बैठकको तयारी गरिएको छ ।

शीर्ष बैठकपछि कार्यदलले मधेसी मोर्चाका सदस्यहरूसँग परामर्श गर्ने बुझिएको छ ।