२३ कार्तिक २०८३, सोमबार

उर्जामन्त्री रायमाझीले भने, ‘मैले सकिन, दैनिक १८ घण्टाभन्दा धेरै समय लोडसेडिङ हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top bahadur rayamajhiकाठमाडौं, ३० पुस । उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भूकम्पपीडितलाई सरकारले वितरण गरेको न्यानो कपडाको पैसा ९० प्रतिशतले पाएको दाबी गर्नुभएको छ ।

उहाँले सरकारले उपलब्ध गराएको १० हजार रुपियाँ अधिकांश भूकम्पपीडितले पाएको दाबी गर्नुभयो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपप्रधानमन्त्री रायमाझीले पुनःनिर्माणका लागि सबै तयारी भइसकेको बताउनुभयो ।

उजामन्त्री रायमाझीले एक वर्षभित्र लोडसेडिङ मुक्त गराउन आफू लागि रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीले एक वर्षभित्रमा जनताले महशुस गर्ने गरी लोडसेडिङ मुक्त गरिनेछ भनेको विषयलाई ध्यानमा राखेर काम भइरहेको छ’, उहाँले भन्नुभयो ।

‘म आउनुभन्दा पहिलादेखि नै लोडसेडिङ थियो नि । मैले तत्काल के गर्न सक्छु र ? यसलाई कम गर्ने अभियानमा छु’, उजामन्त्री रायमाझीले भन्नुभयो, ‘तै पनि जनतालाई बिहान–बेलुका बिजुली दिने भने पनि प्राविधिक रुपमा काम गर्न सकिएको छैन ।’

मन्त्री रायमाझीले लोडसेडिङको समय अझै बढ्ने बताउनुभएको छ । ‘लोडसेडिङको समय अझै बढ्छ’, उहाँले भन्नुभयो, ‘लोडसेडिङलाई इन्द्रको बाउ चन्द्रे आए पनि घटाउन सक्दैन । लोडसेडिङ १८ घण्टासम्म हुनसक्छ ।’