
काठमाडौं, २९ पुस । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले इरानसँग माफी मागेको छ ।
यसको पुष्टि इरानी नौसेनाका प्रमुख जनरल अली फदावीले गरेका छन् । उनका अनुसार अमेरिकी सैनिक सवार डुंगा इरानको तटिय क्षेत्रमा प्रवेश गर्दा पक्राउ परेपछि अमेरिकाले आफ्नो शिर झुकाउँदै इरानसँग माफी मागेको हो ।
जनरल फदावीले अमेरिकी डुंगामा सवार सेनाहरु जबरजस्ती इरानी समुद्री क्षेत्रमा पसेपछि पक्राउ गरिएको भन्दै माफी मागेपछि उनीहरुलाई तत्कालै रिहा गरिएको बताए ।
घटना लगत्तै अमेरिकी विदेशमन्त्री जोन केरीले इरानका विदेशमन्त्री जावाद जरिफसँग कुराकानी गरेका थिए । यो घटना खाडीको मध्य फारसी द्वीप नजिकै भएको थियो ।
इरानी समाचार संस्था एफएआरएसले पनि इरानका रिभोल्युसनरी गार्डका जवानले नौ पुरुष र एक महिलालाई गिरफ्तार गरेको समाचारमा जनाउँदै माफी मागेपछि छाडिएको जनाएको छ ।
मेसिनमा खराबी आएपछि डुंगा बगेर इराकी तटिय क्षेत्रमा पुगेको बताइएको छ ।















प्रतिक्रिया