२३ कार्तिक २०८३, सोमबार

गृहमन्त्रालयद्धारा ११ जिल्लाका सिडिओ सरुवा, को–कहाँ (नामावली)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal

काठमाडौं, २९ पुस । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको एक बैठकले ११ जिल्लामा सिडिओलाई सरुवा गर्ने निर्णय गरेको हो । गृह प्रवक्ता लक्ष्मी ढकालले तराईका जिल्लाका केही सिडिओहरुमा हेरफेर गरिएको बताए । उनका अनुसार भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरिएको छ ।

त्यसैगरी बाराका बालकृष्ण पन्थीलाई काभ्रे, सुर्खेतका बलदेव गौतमलाई गोरखा, तनहुँका महादेव पन्थलाई नवलपरासी र गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडिओमा सरुवा गरिएको प्रवक्ता ढकालले बताए ।

त्यसैगरी गोरखाका सिडिओ उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा र अध्यागमनका विष्णुबहादुर थापालाई बर्दिया जिल्ला कामु सिडियोमा सरुवा गरिएको छ भने गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको छ ।