
काठमाडौं, २९ पुस । बंगलादेशको ढाकामा जारी बंगबन्धु गोलकप फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । नेपालले श्रीलंकालाई १–० गोलले हराएको हो ।
बुधबार दिउँसो बंगबन्धु खेल मैदानमा भएको खेलमा नेपालका लागि स्ट्राइकर बिमल घर्तिमगरले एकमात्र उत्कृष्ट गोल गरे । उनले खेलको दुई मिनेटमै गोल गरेका हुन् ।
यसअघि भारतमा भएको १२ औँ साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकासँग एक सून्य गोल अन्तरले पराजित भएको थियो ।
बंगबन्धु फुटबलको उद्घाटन खेलमा नेपाल मलेसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । जितपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
हेर्नुस भिडियोः
https://youtu.be/FTAP3K05kjo












प्रतिक्रिया