एजेन्सी । टेलिभिजन शो ‘कमेडी नाइट्स विथ कपिल’ का एक कलाकारलाई १४ दिनका लागि जेल चलान गरिएको छ ।
‘कमेडी नाइट्स विथ कपिल’मा ‘पलक’को भुमिकामा देखिने कीकू शारदा नामका कलाकारलाई कैथल प्रहरीले मुम्बईबाट गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पछि उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको हो ।
कीकू शारदामाथि डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमको फिल्म ‘एमएसजी–२’ एक सीनमा धार्मिक भावना भड्काउने गरी अभिनय गरेको आरोप लगाइएको छ । उनीविरुद्धको धार्मिक भावना भड्काएकै मुद्दामा प्रहरीले हिरासतमा राखेको हो । ‘कीकू’लाई आजै अदालतमा उपस्थित गराइने छ ।
यो शो का ९ जनाविरुद्ध मुद्दा परेपनि किकूलाई मात्रै पक्राउ गरिएको छ ।















प्रतिक्रिया