१ कार्तिक २०८३, शनिबार

डिजिटल बजारमा आए धुर्मुस-सुन्तली जोडी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntalii

काठमाडौं । हाँस्य कलाकारको लोकप्रिय जोडी हो, धुर्मुस सुन्तली ।

हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा जोडीको रुपमा देखिएका सितराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) वास्तविक जीवनको पनि जोडी बने । एउटै क्षेत्रमा सक्रिय रहे । लोकप्रियता कमाए । दर्शकलाई हँसाउनु हँसाए ।

अहिले यो जोडी सामाजिक काममा पनि सक्रिय छ । भूकम्पपछि उनीहरुको चर्चा अझै बढेको छ । हाँस्य टेलिश्रृंखला प्रसारण बन्द भएपनि उनीहरु चम्कीरहेका छन् । सञ्चार माध्यममा छाइरहेका छन् । कारण उनीहरुले गरेको सामाजिक काम नै हो ।

दर्शक हँसाउने, भूकम्प पीडितलाई न्यानो बाँड्ने, एकीकृत बस्ती बनाउने र सरसफाई अभियान चलाउनमा धुर्मुस सुन्तली व्यस्त छन् । सामाजिक काममा प्रोत्साहन र उर्जा थप्ने सहयोगी हातहरुको खोजीमा छन् । यसको साथमा जति काम गरेका छन्, त्यसको अभिलेख राख्नमा सचेत देखिएका छन् । त्यसैले धुर्मुस सुन्तली (धधध।मजगचmगककगलतबष्।िअयm) मार्फत डिजिटल बजारमा उदाएका छन् ।

धुर्मुस सुन्तली डटकममा उनीहरुले गरेका सम्पूर्ण कामहरुको बारेमा जानकारी लिन सकिनेछ । सामाजिक कामका लागि उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशन पनि खोलेका छन् । साथमा धुर्मुस सुन्तलीको हाँस्यव्यंग्य प्रस्तुतिहरु पनि वेभसाइटमा राखिएको छ । आफ्ना सिर्जनालाई जीवन्त राख्न मद्धत गर्ने भएकाले वभेसाइटको आवश्यकता ठानिएको सिताराम कट्टेलले जानकारी दिएका छन् । आधुनिक प्रविधिको विकाससँगै दर्शकसँग सिधा सम्र्पक स्थापित गर्न सजिलो हुने कुञ्जना घिमिरेको विश्वास छ ।

दर्शक, शुभेच्छुक र सहयोगी सबैसँग नजिक रहनका लागि फेसबुक पेज, युट्युब च्यानलमा पनि उनीहरु सक्रिय छन् ।