३० आश्विन २०८३, शुक्रबार

मेस्सीका समर्थकले तोडे रोनाल्डोको शालिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo-statue

काठमाडौं, २९ पुस । रियल मड्रिडका स्टाइकर तथा विश्वकै चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको शालिकमा तोडफोड भएको छ ।

गृहनगर मडेरियामा स्थापना गरिएको रोनाल्डोको शालिकमाथि अर्काे स्टार स्ट्राइकर लियोनेल मेस्सीका समर्थकहरुले तोडफोड गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

मंगलबार मेस्सीले किर्तिमानी ५ औं पटक फिफा वर्ष खेलाडीको उपाधि जितेपछि रोनाल्डोको शालिकमा तोडफोड भएको बताइएको छ । मडेरियाको राजधानी फुन्चालमा सन् २०१४ मा रोनाल्डोको शालिक स्थापना गरिएको थियो ।

मेस्सीका समर्थकहरुले शालिक तोडफोड गर्नुका साथै शालिकमा मेस्सीको नाम र जर्सी नम्बर पोतिदिएका छन् । यो घटनामा विरोध जनाउँदै रोनाल्डोकी बहिनी काटिया अभेयिरोले मेस्सीका समर्थकहरुप्रति आक्रोश व्यक्त गरेकी छिन् । उनले यस्तो हर्कत गर्नेलाई सजाय दिनुपर्ने बताउँदै उनीहरु पर्चुगलभन्दा सिरियामा बस्न लायक भएको बताईन् ।