२३ कार्तिक २०८३, सोमबार

भारतसँगको सम्बन्ध कायम राख्न नेपाल सतर्क नभएको चन्दको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-Chanda

बनेपा, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले दुई देशबीच समझदारीको अभावले अहिलेको परिस्थिति आएको बताउनुभएको छ ।

राप्रपाले आज धुलिखेलमा आयोजना गरेको क्षेत्रीय प्रशिक्षण शिविरमा उहाँले घनिष्ठ सम्बन्ध रहेको भारतसँगको सम्बन्ध कायम राख्न नेपाल सतर्क नभएको आरोप लगाउनुभयो । अध्यक्ष चन्दले भारतसँग राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहेकामा यसलाई भारतले उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।

नेपालको कारणले भारत चीनसँगको सम्बन्ध खराब हुन नहुनेमा जोड दिँदै उहाँले भारतले मधेस आन्दोलनको निहुँमा नाकाबन्दी गरेको आरोप लगाउनुभयो । “सरकारले मधेसको जायज माग सम्बोधन गर्नुपर्छ र मधेस आन्दोलनलाई सम्बोधन हुने गरी सकारात्मक वार्ता गर्नुपर्छ”, पूर्वप्रधानमन्त्री चन्दले भन्नुभयो ।

मधेसका केही दल र सरकारबीच परिणममुखी वार्ता हुने र त्यसले सहमतिमा पुग्ने सम्भावना बढिरहेको जानकारी दिँदै नेता चन्दले संविधानमार्फत पछि परेको समुदायलाइ हामीले संविधानमार्फत अघि ल्याउन खोजेको बताउनुभयो ।

राप्रपाका नेता बुद्धिमान तामाङले राप्रपा नेपाल र राप्रपाबीच सैद्धान्तिक मतभेद नभएको बताउनुभयो । उहाँले स्थानीय चुनावपछि प्रदेशको चुनाव हुने भएकाले पार्टीलाई प्रादेशिक संरचनामा लैजानुपर्ने बताउनुभयो ।

मध्यमाञ्चलका १९ जिल्लाका करिब ६० जना अध्यक्ष, सचिव र महिला सदस्यको प्रशिक्षणमा सहभागिता छ । रासस