पोखरा, २८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको कठिन अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले आफ्ना संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय समितिको आयोजनामा ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान’अन्तर्गत अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आपूर्ति व्यवस्था सुस्त भएकाले कालोबजारी मौलाएको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले सीमांकनका विषयमा मधेसी मोर्चासँग वार्ता गर्दा निकै होसियारी अपनाउनुपर्ने बताउँदै हिमाल, पहाड र तराईलाई टुक्राएर प्रदेश बनाउन नसकिने धारणा राख्नुभयो । रासस












प्रतिक्रिया