२३ कार्तिक २०८३, सोमबार

अपहरणमा परेका ८ वर्षीय बालकको हत्या, खेतमा गाडिएको अवस्थामा शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahotari-Gausala

गौशाला, २८ पुस । महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका एक आठ वर्षीय बालकको गएराति शव फेला परेको छ ।

भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव गएराति १२ बजे प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अपहरणकारीहरुले शनिशार राति करिब ७ बजेतिर बालक महासेठलाई अपहरण गरी लगेर कर्तव्य गरी मारेर गाडेकोमा जिल्ला प्रहरीले आइतबारदेखि विशेष खोज तलास र अनुसन्धान गर्दै जाँदा राति १२ बजे एकडारा– ७ स्थित गहुँ खेतमा गाडिएको अवस्थामा बालक महासेठको शव फेला पारेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाई गाडिएको ठाउँबाट शव बरामद गरेको हो । थप अनुसन्धान जारी रहेको जिप्रका, महोत्तरीले जनाएको छ । रासस