
काठमाडौं, २७ पुस । बडौदाका अलराउण्डर क्रिकेटर हार्दिक पाण्डेले १ ओभरमा ३९ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् ।
भारतको दिल्लीमा आयोजित डोमेस्टिक टी–२० टूर्नामेन्टमा आकाश सूदनविरुद्धको खेलमा हार्दिकले १ ओभरमा ३९ रन बनाएका हुन् । यो ओभरमा ५ वटा एक्स्ट्रा रन दिएर आकश सूदन टिमको नाममा १ ओभरमा ३९ रन दिने रेकर्ड पनि बनेको छ ।
यो ओभरमा आकाश टिमले वाइड बलका साथै बाई को चार रन पनि दिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार यो रेकर्डपछि हार्दिकलाई धेरै वरिष्ठ क्रिकेटरले बधाई दिएका छन् ।















प्रतिक्रिया