मुम्बई । अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तले केही समय पहिले हीरोइन बन्न आफू लालयित रहेको प्रतिक्रिया दिएकी छिन् ।
तर सञ्जय दत्तले दत्त परिवारका युवतीहरू फिल्ममा नखेल्ने भनेर छोरीको मन भाँचिदिएका छन् । उनले आफ्नी छोरी त्रिशाला फिल्ममा हीरोइन बन्न खोजेकोप्रति आक्रोशित हुँदै उत्ताउली नहुन चेतावनी दिएका छन् ।
सञ्जयले आफ्ना पिता सुनील दत्तलाई उदृत गर्दै दत्त परिवारका केटीहरू फिल्ममा खेल्न हुन्न भने विषयलाई आफूले पनि निरन्तरता दिने उल्लेख गरेका छन् ।
त्रिशालाले आफ्नो तौल घटाएकी छिन् । उनले आफ्ना हट एण्ड सेक्सी तस्बिरहरू सोशल नेटवर्किङमा पोष्ट गर्ने गरेकी छिन् । एजेन्सी















प्रतिक्रिया