१ कार्तिक २०८३, शनिबार

उत्तर कोरियाको हाइड्रोजन बमविरुद्ध अमेरिकाले यसरी थाल्यो हवाइ गस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B53 Americaवाशिङ्टन, २७ पुस । उत्तर कोरियाले हालै आफ्नो प्रथम हाइड्रोजन बमको सफल परीक्षण गरेर कोरीयाइ प्रायद्विपमा तनाव भइरहेका बेला सैन्य शक्ति राष्ट्र अमेरिकाले पनि आफ्ना लडाकु जहाजहरूको उठान सुरू गरेको छ ।

अमेरिकी बी५२ बमवर्षक एफ– १६ र दक्षिण कोरियाले एफ– १५ विमानका साथ उत्तर कोरियाको सीमान नजिक आइतबार उडान भरेका हुन् । बी५२ विमान परमाणु बम बोक्नका लागि सक्षम मानिन्छ ।

अमेरिकी प्रशान्त कमान कमाण्डर एमिलर हैरी बी हैरिसले भनेका छन्, ‘दक्षिण कोरिया र जापानका आफ्ना साझेदारप्रति अमेरिकी प्रतिवद्धता प्रदर्शन गर्न बमवर्षक उडान रिएको हो ।’ उनले उत्तर कोरियाको परमाणु परीक्षणले उसको अन्तर्राष्ट्रिय दायित्वको खुल्लम–खुल्ला उल्लंघन गरेको बताए ।

हिन्द–एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य बल आफ्नो क्षेत्रीय साझेदारसँग मिलेर काम गर्ने कमान्डर हैरिसले बताएका छन् ।

उत्तर कोरियाको सीमा नजिक करीव १ सय किलोमिटरको दूरी ‘ओसान एयर बेस’माथि अमेरिका र दक्षिण कोरियाका विमानले उडान भरेका हुन् ।

अमेरिकाको साथ परमाणु युद्धसँग बच्न र आत्मरक्षाका लागि प्रथम हाइड्रोजन बम परीक्षण गरिएको उत्तर कोरियाका नेता किम जोंगले बताइसकेका छन् । किमको अभिब्यक्ति आउनेवित्तिकै सो क्षेत्रमा सैन्य प्रदर्शन सुरू भएका छन् । हाइड्रोजन बमको परीक्षणपछि किमले यो पहिलो टिप्पणी गरेका हुन् ।

किमलाई उदृत गर्दै कोरियन सेन्ट्रल एजेन्सी (केसीएनए)ले भनेको छ, ‘यो कदम कोरयाई प्रायद्विपमा शान्ति रक्षाका लागि तथा अमेरिकाको साम्राज्यवादी नीतिविरुद्ध गरिएको परमाणु युद्धको खतराबाट सुरक्षामा गरिएको एक आत्मरक्षात्मक कदम हो ।’

किमले भनेका छन्, ‘यो एउटा सम्प्रभु राष्ट्रको वैधानिक अधिकार हो र एक निष्पक्ष कार्य हो, जसलाई कसैले आलोचना गर्न सक्दैन ।’

अमेरिकी बमवर्षक यूएस एफ– १६ र दक्षिण कोरिया एफ– १५ का साथ ‘ओसान एयर बेस’माथि एकसाथ उडान लगाएका हुन् । एजेन्सी