१ कार्तिक २०८३, शनिबार

शाहरुखलाई अमिताभको कडा जवाफ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srk-Amitab

मुम्बई । भर्खरैमात्र शाहरुख खानले भविष्यमा आफ्ना छोरा अबराम र बलिउड महानायक अमिताभ बच्चनकी नातिनी अराध्या सबैभन्दा रोमान्टिक जोडी बन्ने बताएका छन् ।

एक कार्यक्रममा शाहरुखलाई आउने वर्षमा कुन हिरो हिरोइनको जोडी हिट हुन्छ भनेर सोधिएको प्रश्नमा शाहरुखले आफ्ना छोरा अबराम र बलिउड अभिनेता अभिषेक र अभिनेत्री ऐश्वर्याकी छोरी अराध्याको नाम लिएपछि बलिउड बजारमा सनसनी फैलिएको थियो । यद्यपी शाहरुखले यो कुरा मजाकमा भनेका थिए ।

तर, यो भनाईमा अमिताभले शाहरुखलाई जवाफ फर्काएका हुन् । इण्डियन एक्सप्रेसको समाचार अनुसार जब अमिताभलाई भनियो कि शाहरुखले अराध्याको जोडी आफ्ना छोरा अबरामसँग बनाइदिए तपाईको के धारणा छ ? त्यसपछि हास्दै अमिताभले जोडी राम्रो छ भनेर जवाफ दिए ।

अब भविष्यमा अबराम-अराध्याको जोडी बन्ने लगभग पक्का भएको बताइएको छ । दुबैको जोडी कस्तो बन्नेछ त्यो हेर्न बाँकी नै छ ।