१ कार्तिक २०८३, शनिबार

चलचित्र राहदानी अब १२ चैतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

film rahadani

काठमाडौं । बैदेशिक रोजगारीको समस्या उठान गरिएको चलचित्र राहदानी आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ ।

यस अघि यो चलचित्र गत २९ जेठमा रिलिज गर्न लागिएको थियो । गत बैशाखको भूकम्पले यसको प्रदर्शन हुन नसकेपछि राहदानीलाई १२ चैतमा दर्शकमाझ ल्याउन लागिएको यसका प्रस्तुतकर्ता लक्ष्मी ढकालले बताए ।

चलचित्रको लेखक निर्देशक डब्बु क्षत्री हुन् । मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए ।

चलचित्रको छायाँकन नेपाल र मलेशियामा गरिएको हो ।

राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ ।