१ कार्तिक २०८३, शनिबार

सुन्दरी प्रतियोगितामा रमाउँदै नर्सहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

t 3काठमाडौ । नर्सिङ पेसामा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्यले नेक्स्ट मोडल्स नेपालले आगामी माघ २ गते राजधानीमा आयोजना गर्न लागेको स्वस्थ्य पेसासँग सम्बधित एकमात्र सौन्दर्य प्रतियोगिता ‘मिस नर्स नेपाल २०७२’ का ४२ जना स्पर्धी सुन्दरीहरुले आइतबार मिस ट्यालेन्ट उपाधिका लागि आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

तिनकुनेस्थित ग्रिन क्याफेमा आयोजित ट्यालेण्ट शोमा नर्सिङ सुन्दरीले आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरे । ट्यालेन्ट शोमा सहभागी सुन्दरीहरुले लोक तथा आधुनिक तथा चलचित्रको गीतमा नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरे ।

त्रिभुवनआर्मी क्लबमा भब्य रुपमा आयोजना हुने प्रतियोगितामा प्रतियोगीलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सही सदुपयोगलगायतका विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारीने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।

प्रतियोगितामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अपका ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटो जेनिकलगायत बिधामा समेत बिजेता छानिनेछ ।