१ कार्तिक २०८३, शनिबार

छोरीलाई खेलाउने क्रममा राष्ट्रपतिको करङ भाँच्चियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mauricio-macri-Argintina

बुइनस एरिस (अर्जेन्टिना), २६ पुस । अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति माउरिसियो म्याक्रीको आफ्नो छोरीलाई खेलाउने क्रममा करङ भाँच्चिएको अर्जेन्टिनाबाट प्राप्त समाचारमा उल्लेख छ ।

उहाँलाई केही दिन घरमै आराम गर्ने सल्लाह दिइएको उहाँको कार्यालयले बताएको छ ।

छोरीसँग खेल्ने क्रममा राष्ट्रपति म्याक्री लड्नुभएको र उक्त घटनामा ५६ वर्षीय राष्ट्रपतिको करङ भाँच्चिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । रासस/एपी