३० आश्विन २०८३, शुक्रबार

ला लिगामा मेस्सीको ह्याट्रिक, ग्रानाडामाथि फराकिलो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi

काठमाडौं, २६ पुस । स्ट्राइकर लियोनेल मेस्सीको ह्याट्रिमा बार्सिलोनाले ग्रानाडामाथि फराकिलो जित हात पारेको छ । जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

मेस्सीले शनिबार राति भएको खेलमा १५ मिनेटभित्र दुई गोल गरे भने दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक हाने । खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ४२ अंक पुगेको छ । समान अंक खेल र अंक भएको एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ भने ३९ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।