३० आश्विन २०८३, शुक्रबार

जिल्ला स्तरीय सितोरियो कराँतेमा झलारी डोजोलाई आठ स्वर्णपदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Carate

झलारी(कञ्चनपुर), २५ पुस । जिल्ला स्तरीय कराँते प्रतियोगितामा बोल्दै पूर्व संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टले खेलकुदको क्षेत्रमा गर्नुपर्ने विकास, निर्माणका लागि आफू सदैब प्रतिबद्ध रहेको बताएका छन् ।

झलारीपिपालडी स्पोर्टस क्लवले झलारीमा आयोजना गरेको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता २०७२ को समापन कार्यक्रमलाई सम्बोन्धन गर्दै पूर्व संविधानसभा सदस्य तथा एकीकृत नेकपा माओवादिका कञ्चनपुर जिल्ला अध्यक्ष समेत रहेका टेकेन्द्र प्रसाद भट्टले खेलकुदका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

शुक्रबार र शनिबार भएको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा आठ स्वर्ण पदकसहित झलारी डोजोले प्रथम स्थान हासिल गरेको छ ।

शनिबार सम्पन्न फाईनल प्रतियोगितामा झलारी डोजोले आठ सोर्ण र सात कास्य पदकसहित प्रथम भएको सितोरियो कराँतेका प्रशिक्षक कर्मबहादुर सिंहले जानकारी दिनुभयो । त्यसैगरी आठ सोर्ण र छ कास्य पदक सहित महेन्द्रनगर डोजो दोस्रो र सात सोर्ण ल्याएर गुलरिया डोजोले तेस्रो स्थानमा हात पारेको छ ।
जिल्लाभरीका कुल १२ बढी डोजोका खेलाडीहरुको सहभागी रहेको प्रतियोगितामा प्रथम, द्धतिय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई पुर्व सभाषद् एवं एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष भट्टले सम्मान पत्र र प्रमाण पत्र सहित खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।

झलारीपिपलाडी स्पोर्टस क्बलले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरका डेढ सय बढी खेलाडीहरुले प्रतिस्प्रर्धामा भाग लिएको कराँतेका मुख्य प्रशिक्षक बिमल खडायतले जानकारी दिनुभयो । त्यसैगरी समारोहमा कराँते खेलमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै आयोजक क्लवले पुर्व कराँते खेलाडी दानबहादुर खाती, कराँतेका खेलाडी नरेन्द्रबहादुर ऐर, रामबहादुर बस्नेत र हरिसप्रसाद भट्टलाई दोसल्ला सहित समापन कार्यक्रमका प्रमुख अतिथीले कदर पत्र प्रदान गर्नु भएको छ ।

शुक्रबारबाट सुरु भएको जिल्ला स्तरिय सितोरियो कराँते प्रतियोगिता २०७२ मा विभिन्न तौल समुहका खेलाडीहरुले एक आपसमा प्रतिस्प्रर्धा गरेका थिए । शुक्रबार व्यबस्थापिका संसदका सदस्य एनपि साउँदले उद्घाटन गर्नुभएको कार्यक्रमको समापनमा आयोजक क्लवका अध्यक्ष दिपकराज भट्टले सभापतित्व गर्नुभएको थियो ।