१ कार्तिक २०८३, शनिबार

पाकिस्तानी लडाकुको आक्रमणपछि पठानकोट पुगे भारतीय प्रधानमन्त्री मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-Modi-Dhotiनयाँ दिल्ली, २५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले शनिबार उत्तरी पंजाबको पठानकोटस्थित मुख्य सैन्य अखडाको भ्रमण गर्नुभएको छ ।

एकहप्ताअघि पाकिस्तानी लडाकूले सैन्य स्टेशनमा कार्यरत सात सुरक्षाअधिकारीको ज्यान जानेगरी आक्रमण गरेको यस ठाँउको प्रधानमन्त्री मोदीले भ्रमण गरी घटनाका बारेमा जानकारी लिनुभएको हो ।

स्रोतका अनुसार स्थानीय समय अनुसार बिहान ११ बजे पाठनकोट पुग्नुभएका प्रधानमन्त्री मोदीलाई भारतीय बायुसेनाका अधिकारी जे. एस. धामुनले आक्रमणका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री मोदीले घटनामा घाइते भएका २० जना सुरक्षाकर्मीलाई भेट्नु भएको र लगत्तै उहाँले आक्रमणस्थलको हवाई निरिक्षण गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीको भ्रमण उक्त वायुसेना अखडा वरिपरी युद्धक विमान र लडाकु हेलिकप्टरलाई तैनाद गरिएको एक दिनपछि भएको हो । चारदिन लामो भिडन्तमा छ जना पानिस्तानी लडाकू मारिएपछि नयाँ कारबाही स्वरुप भारतले योे सुरक्षा अभियान चलाएको हो ।

प्रधानमन्त्री मोदीले रसिया र अफगानिस्तानको भ्रमणबाट स्वदेश फिर्ता हुनेक्रममा पाकिस्तानको भ्रमण गरी उहाँका पाकिस्तानी समकक्षी नवाज सरीफको ६६औं जन्मदिनको अबसरमा उहाँलाई भेटी शुभकामना प्रदान गरेको एकहप्तापछि पाकिस्तानी लडाकूले पठानकोटमा आक्रमण गरेका थिए ।

आक्रमणपछि भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षीलाई फोनगरी आक्रमणको योजना बनाउने समुह वा व्यक्तिलाई कार्बाहीका लागि तत्कालै ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो । रासस/सिन्ह्वा