१ कार्तिक २०८३, शनिबार

मोहन वैद्यले कलाकारलाई दिए यस्तो सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan_baidhyaकाठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले साहित्यकारले आफ्ना सिर्जनामा राष्ट्रिय स्वाधीनताको विषयलाई महत्व दिनुपर्ने बताउनुभएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज आयोजना गरेको कविगोष्ठीलाई सम्बोधन गर्दै उहाँले अहिलेको समय राष्ट्रिय स्वाधीनता र जनजीविकाका विषयमा कविता लेखिनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा अनिल श्रेष्ठ, गौरी दाहाल, कुशल बोगटी, पुण्य गौतम ‘विश्वास’, बालाकृष्ण अधिकारी, प्रभात सापकोटा, सङ्गीत श्रोतालगायतले देशको समसामयिक विषयमा आफ्ना कविता वाचन गर्नुभएको थियो । रासस