
मुम्बई । भारतीय जनता पार्टीका सांसद तथा भोजपुरी गायक मनोज तिवारीले बलिउड अभिनेता आमिर खानमाथि गम्भीर आरोप लगाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सांसद तिवारीले पर्यटन र संस्कृति अन्तर्गतको संसद स्थायी समितिको बैठकमा बोल्दै सांसद आमिरलाई देशद्रोहीको आरोप लगाउँदै ब्राण्ड एम्बेसेडरबाट हटाउन माग गरेका हुन् ।
हाल आमिर अतुल्य भारतका ब्राण्ड एम्बेसेडर हुन् । भारतको पर्यटन मन्त्रालयले आमिरलाई असहिष्णूताबारे मोदी सरकारविरुद्ध बयान दिएको भन्दै ब्राण्ड एम्बेसेडरमा हटाएको हो ।
सांसद तिवारीले बैठकमा भनेका थिए– ‘आमिर खान देशद्रोही हुन्, उनलाई ब्राण्ड एम्बेसेडरबाट तुरुन्त हटाउनुपर्छ ।’ समाचार अनुसार अब मोदी सरकारले आमिरको ठाउँमा बलिउड महानायक अमिताभ बच्चनलाई अतुल्य भारतको ब्राण्ड एम्बेसेडर बनाउने तयारी गरेको छ ।















प्रतिक्रिया