१ कार्तिक २०८३, शनिबार

ओबामाले नयाँ बन्दुकसम्बन्धि कानुनको पक्ष वा विपक्षमा मतदान नगर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barack Obama

वासिङ्टन (अमेरिका), २४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार अमेरिकी बन्दुकसम्बन्धि कानुनको पक्षको वा विपक्षी उम्मेदवारलाई मतदान नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आफ्नो नयाँ नीतिको सार्वजनिक आलोचना गर्दैआएको उहाँकै डेमोक्रेटिक पार्टीका पक्षमा समेत मतदान नगर्ने अमेरिकी राष्ट्रपतिले एक टिभीसँगको अन्तवार्तामा जनाउनुभएको छ ।

राष्ट्रपति ओबामा नयाँ बन्दुक खरिद या बिक्री बारे समर्थन जुटाउन अमेरिकी टेलिभिजन सिएनएनमा गरेको कुराकानीका क्रममा यो कुरा बताउनुभएको छ ।

अमेरिकामा बन्दुक खरिद वा बिक्री गर्ने कानुनमा उद्धार भएको कारण हजारौँ अमेरिकी नागरिक अकालमा मर्नुपरेको भन्दै राष्ट्रपति ओबोमाले यसलाई कडा पार्न चाहेको बताउनुभएको छ ।

राष्ट्रपति ओबामाले अमेरिकामा बन्दुक किन्न र राख्न दिइएको छुटका कारण प्रत्येक वर्ष ३० हजारभन्दा बढी नागरिकले गोली हानी आत्महत्या वा मारिनुपरेको खबर सुनाउँदैे यसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप सो कानुन ल्याउन खोजिएको भन्दै यसै साता एउटा भाबुक भनाई राख्नुभएकोे थियो ।

तर अमेरिकी सिनेटमा भने बहुसङ्ख्यक विधायकले राष्ट्रपति ओबामाको यो नीतिको आलोचना गर्दैआएका छन् ।

“राष्ट्रपतिका रुपमा गर्न सकिने सबै कुरा गर्न तयार भएजस्तै एक नागरिकको रुपमा पनि त्यसो गर्न म स्वतन्त्र छु” ओबामाले टाइम्सको वेवसाइटलाई दिएको एक सन्देशमा लेख्नुभएको छ ।

सिएनएनलाई दिएको अन्तवार्तामा राष्ट्रपति ओबामाले आफ्नो प्रतिष्ठानमा आँच आउने गरी प्रचारगरिएको बताउनुभएको छ । ओबामाले आपूm हतियार खरिद वा बिक्री गर्न पाउने अमेरिकी नागरिकको अधिकारप्रति संवेदनशील भएपनि यसबाट आउने नकारात्मक असर रोक्न नयाँ कानुन ल्याउन खोजिएकोे बताउनुभयो ।

तर उहाँमाथि सुरक्षाका हतियार राख्न पाउने अधिकारलाई प्रतिबन्ध लगाएको साथै करिब तीन करोड ५० लाख हतियार नियन्त्रणमा लिन खोजेको ओरोप लगाउँदै आएको छ । रासस/एएफपी