१ कार्तिक २०८३, शनिबार

शाहरुख र आमिरको सुरक्षा घटाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir-khan_shrukh

मुम्बई । मुम्बई प्रहरीले बलिउड कलाकारको सुरक्षामा फेरबदल गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई प्रान्तिय प्रहरीले बलिउडका स्टार अभिनेता शाहरुख र आमिरसहित ४० कलाकारको सुरक्षा घटाएको हो ।

शाहरुख खान र आमिर खानले केही दिन पहिला देशमा बढ्दो असहिष्णुताबारे विवादित वयान दिएपछि दुबैको सुरक्षा बढाइएको थियो । अब अभिनेतालाई कुनै खतरा नरहेकाले सुरक्षा फौज घटाइएको मुम्बई प्रहरीको भनाई छ ।

मुम्बई प्रहरीले यसअघि बलिउडका ४० कलाकारलाई विशेष सुरक्षा दिँदै आएको अब सुरक्षामा १५ जनालाई मात्र दिने भएको छ । जसमा शाहरुख र आमिर पनि परेका छन् । तर पहिलेको तुलनामा फौज घटाइएको छ ।