१ कार्तिक २०८३, शनिबार

खादाले गोप्य अंग छोप्दा गाली दिनेलाई शुभेच्छाको यस्तो जवाफ (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suvecha-Thapa-1

काठमाडौं । चर्चामा आउन विहीबार मात्रै खाँदाले गोप्य अंग छोपेकी अभिनेत्री शुभेच्छा थापाको सर्वत्र चर्चा भएको छ ।

तर, त्यो चर्चा थोरैमा सकारात्मक र धेरैमा नकारात्मक छ । धेरैले उनको आलोचना गरेका छन् भने केहीले त गाली समेत दिएका छन् ।

‘खादा’ले आफ्नो माथिल्लो र तल्लो अंग छोपेर फोटोसुट गरेर तनावमा परेकी शुभेच्छाको सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना भएको छ ।

आफ्ना तीव्र आलोचना र गालीबेइज्जती भएपछि शुभेच्छाले खाँदाले अंग छोपेको भोलिपल्टै शुक्रबार मुख खोलेकी छिन् ।

उनले भनेकी छिन्– ‘ध्यान नपुर्याई फोटोसुट गर्दा गल्ती भयो । खादामा मन्दिर छैन भन्ने सोचेर पनि यस्तो फोटोसुट गरेको हुँ । तर, कुनै जातधर्मको विरोध गर्न यस्तो गरेकी होइन ।’ उनले आफूले अन्जानमा गरेको गल्तीप्रति क्षमायाचना माग्न चाहेको बताइन् । ‘अन्जानमा गल्ती भइहाल्यो,’ शुभेच्छाले भनिन्, ‘यसप्रति म दुःखी छु । मेरो आफ्नो गल्तीप्रति क्षमायाचना चाहन्छु ।’

‘खादा’ तामाङ समुदायले मात्र नभएर पछिल्लो समय सम्पूर्ण नेपालीले मर्दापर्दा वा हरेक कार्यमा प्रयोग गर्न थालिएको छ । यस्तो अवस्थामा शुभेच्छाले ‘खादा’ लाई आफ्नो अश्लील अंग ढाक्ने बस्तु बनाएपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनी आलोचित बनिन् ।

आगामी माघ २२ बाट प्रदर्शनमा आउन लागेको आफ्नो फिल्म ‘विन्दास-३’ को प्रचारप्रसारका लागि भन्दै शुभेच्छाले ‘हट’ फोटोसुट गराएकी थिइन् ।

Suvecha-Thapa-3Suvecha-Thapa-2