१ कार्तिक २०८३, शनिबार

आतंककारी आक्रमणपछि भारतले पाकिस्तानसँगको सीमामा थप सुरक्षाकर्मी खटाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APTOPIX India Air Base Attack

नयाँ दिल्ली, २३ पुस । भारतले पाकिस्तानसँगको सिमानामा थप सुरक्षाकर्मी खटाउने भएको छ । हालैमात्र भारतीय हवाई सुरक्षा केन्द्रमा भएको आतङ्ककारी हमलापछि भारतको सो निर्णय आएको हो ।

अधिकारीहरुका अनुसार भारतले पाकिस्तानसँगको सीमा क्षेत्रहरु जम्मु र काश्मिर तथा पञ्जाव क्षेत्रमा ती सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ ।

पाकिस्तानसँगका ती राज्यका सीमा क्षेत्रहरुमा थप दुई हजार अर्ध सैन्य बल खटाउने भएको अधिकारीहरुले जनाएका छन् । बिहीबार भारत सरकारले सो निर्णय गरेको र अर्धसैन्य बललाई पनि यस विषयमा जानकारी दिइएको बताइएको छ ।

उक्त हवाई सुरक्षा केन्द्रमा गरिएको सो हमलाले त्यहाँ र जम्मु तथा काश्मिरमा थप आतङ्ककारी हमला हुनसक्ने अनुमानका साथै सरकार यो निर्णयमा पुगेको सरकारी स्रोतले जानकारी दिएको छ । यसै हप्ता पठानकोटको उक्त हवाई सुरक्षा शिविरमा भएको आतङ्ककारी हमलामा परी सातजना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

सो हमलामा परी अरु २० जना सुरक्षाकर्मी घाइते भएका थिए । उक्त शिविरको हमलाको कारबाहीका लागि भारतीय सुरक्षाकर्मीले ८० घन्टासम्म निरन्तर सङ्घर्ष गरेका थिए ।

सो क्षेत्र पाकिस्तानसँगको सीमा क्षेत्रभन्दा बढीमा ३० किलोमिटर मात्र टाढा रहेको छ । त्यसैले हमलाकारीहरु पाकिस्तानतर्फबाट आएको अनुमान भारतको रहेको छ । रासस/सिन्ह्वा