
मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन फिल्मको सेटमाथि शूटिंगका क्रममा घाइते भएका छन् ।
उनलाई सामान्य चोड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्म ‘टीई३एन’को शूटिंगका क्रममा अमिताभ बच्चनको एक सानो दुर्घटना भएको हो । जसका कारण उनको पिठ्युमा सामान्य चोट लागेको छ ।
अमिताभले विहीबार विहानै आफ्नो ब्लगमार्फत आफू घाइते भएको र आराम गरिरहेको बताएका थिए ।
उनले आफूलाई पीडा भइरहेको र चिकित्सकको सल्लाह अनुसार सेकापोका गरिरहेको र पेनकिलर लिइरहेको बताएका छन् साथै डाक्टरले ४८ घण्टाभित्र ठीक हुने भनेका छन् ।
उनले ट्विट् गरेर पनि घटनाबारे आफ्ना फ्यानलाई जानकारी गराएका छन् ।
T 2105 – Hurt rib from shoot .. but ok .. taking friends Ef to WAZIR at South City Mall, Kolkata this evening !! YEA pic.twitter.com/8KkusgWKzk
— Amitabh Bachchan (@SrBachchan) January 7, 2016















प्रतिक्रिया