३० आश्विन २०८३, शुक्रबार

मेस्सीको डबल गोलले बार्सिलोना विजयी, स्पानियोल हार्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lionel-Messi

काठमाडौं, २३ पुस । विश्व फुटबलका स्टार स्ट्राइकर लिओनल मेस्सीको ‘डबल गोल’को मद्दतमा कोपा डेल रे कपमा बार्सिलोनाले अर्काे जित हात पारेको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले पराजित गरेको हो ।

खेलमा मेस्सीले दुई गोल गरे । नवौं मिनेटमा काइसिडोको गोलबाट स्पोनियोलले अग्रता लिएपनि त्यो धेरै बेर टिकेन् । त्यसपछि १३ औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । ४४ औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता लियो ।

खेलको ४९ औं मिनेटमा बार्सिलोनाका लागि पिकेले गोल गरे । खेलको ८८ औं मिनेटमा नेयमारले मेस्सीसँगको वान टु वान पासमा गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए ।