१ कार्तिक २०८३, शनिबार

चलचित्रमा चम्किदै ‘सुदूरपश्चिमका तारा’ चन्द्र पन्त (कलिउडदेखि हलिउडसम्मको यात्रा)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-Pant-0

धनगढी । सुदूरपश्चिममा चलचित्र क्षेत्रमा प्रवेश गर्नेको ओईरो लागिरहेका बेला केही यस्ता प्रतिभाहरु पनि छन् । जसले नेपाली चलचित्रमा छोटो समयमै राम्रो काम गरेर आफ्नो दरिलो प्रस्तुति देखाउन सफल भएका छन् ।

छोटो समयमा चलचित्रमा सफल द्धन्द्ध निर्देशकको रुपमा कलिउडमा स्थापित हुन सफल भएका छन कञ्चनपुर निवासी चन्द्र पन्त । नेपाली चलचित्रमा सबैभन्दा बढी महँगा र बढी अध्ययन गरेका पन्त सबैभन्दा वढी अवार्ड पाउने कान्छा द्धन्द्ध निर्देशक पनि हुन् ।

अहिलेसम्म उनले आठ वटा उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड हात पारिसकेका छन । केही समय अगाडि आयोजना गरिएको नेफ्टा अवार्डमा उनले फिल्म ‘हवल्दार सुन्तली’बाट उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड हात पारेका थिए । नेपाली रजतपटमा ‘रावण’बाट द्धन्द्ध निर्देशनमा डेब्यु गरेका द्धन्द्ध निर्देशक चन्द्र पन्त निकै व्यस्त द्धन्द्ध निर्देशकमा पनि पर्छन । आगामी दिनमा युरोपमा सुटिङ हुने ‘रन अन गन’ नामक नेपाली चलचित्रका लागि अनुबन्धित भइसकेका उनले केही समय अगाडि युरोपमा पुगेर छायांकन स्थल समेत हेरेर फर्किएका थिए । जसलाई मुकुन्द भट्टले निर्देशक गर्दैछन् ।

Chandra-Pant-1सानैदेखि द्धन्द्ध मनाउने उनले त्यसैलाई पेशाको रुपमा अपनाएर अहिले नेपालका नाम चलेका धेरै द्धन्द्ध निर्देशकहरुलाई विस्थापित गर्न समेत सफल भएका छन् । केही वर्ष अघिसम्म एकलौटी राज गर्ने द्धन्द्ध निर्देशकलाई पन्तको द्धन्द्ध कलाले फुर्सदिलो बनाई दिएको छ ।

उनले हिम्मतवाली, लज्जा, मुघौटा, बाटो मुनिको फुल २, अनमोल केसीको ड्रिम, फुल स्टप, ब्ल्याक नाईट, एसपी खरेल, हमेशा, लोपÞmर, हवल्दार सुन्तली लगायत दर्जन भन्दा वढी नेपाली सिनेमामा समेत आफ्नो कला देखाई सकेका छन् । उनले भोजपुरी चलचित्र दिवाना २, ए दिल आसिकाना र गदरमा पनि द्धन्द्धको कला पस्किसकेका उनले तीन वटा भोजपुरी चलचित्रमा पनि द्धन्द्ध निर्देशन गर्ने पक्कापक्की भईसकेको छ ।

Chandra-Pant

कलिउडमा कब्जा जमाउँदै गएका उनले बलिउड सिनेमामा पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाएका छन् । सिलगुडीमा केही साताभित्रै छायाँकन सुरु हुने बलिउड सिनेमामा उनले द्धन्द्ध निर्देशन गर्ने अवसर पाएका हुन । फिल्मी खवर सिने अवार्ड २०६९ र एनएफडीसी फिल्मी अवार्ड २०६९ मा द्धन्द्ध निर्देशनको अवार्ड समेत हात परिसकेका पन्तले आफू आवद्ध हुने बलिउड सिनेमाबारे अहिले नै थप खुलाउन नमिल्ने बताउँदै सिनेमाको टाईटल समेत बताउन चाहेनन् ।

उनले भने,–‘म लगायत अन्य नेपाली सिनेकर्मीको जम्वो टोली वलिउड सिनेमामा रहनेछ । छायांकन सुरु भएपछि सबै कुरा खुलस्थ पार्नेछु ।’ यसअघि द्धन्द्ध निर्देशक पन्तले केही समय अघि हलिउडको छोटो सिनेमा ‘द लास्ट सुट’मा समेत द्धन्द्ध निर्देशन गरिसकेका छन् ।

सुदुरपश्चिमदेखि गएर कलिउड बलिउड र भोजपुरीमा कव्जा जमाउँदै आफ्नो छाप छोड्न सफल द्धन्द्ध निर्देशक चन्द्र पन्त सुदूरपश्चिमको सान बनेको निर्माता निर्देशकहरु बताउँछन । उनीहरु पन्तलाई सुदूरपश्चिमको तारा पनि भन्छन् ।

Chandra-Pant-2