बर्लिन (जर्मनी), २३ पुस । सन् २०१५ मा ११ लाख शरणार्थी जर्मनी प्रवेश गरेको यहाँको गृह मन्त्रानलयले बुधबार जनाएको छ ।
गृहमन्त्री थोमस डे मिजियरले भन्नुभयो, गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१५ भरी जर्मनीमा ११ लाख शरणार्थी आइपुगेका छन् ।
यो जर्मनीमा प्रवेश गरेका शरणार्थीका रूपमा विश्वयुद्धपछि यहाँ आउने आप्रवासीको सबैभन्दा ठूलो सङ्ख्या हो ।
यहाँ आउने करिब ४० प्रतिशत नयाँ आप्रवासी द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियाका नागरिक भएको जर्मनीको सरकारी तथ्याङ्कले देखाएको छ ।
यसैगरी यहाँ आइपुग्ने दोस्रो धेरै शरणार्थी सङ्ख्यामा अफगानी नागरिकक भएको जनाइएको छ ।
बढ्दो आप्रवासीको आवागमनलाई सङ्ख्या, आवास तथा खाद्यान्नको व्यवस्था गर्न स्वयम्सेवक बाहेक करिब चार हजार नयाँ कर्मचारीको व्यवस्था सन् २०१६ मा गर्ने गहृमन्त्री मिजियरले बताउनुभयो ।
जर्मन सरकारले शरणार्थी व्यवस्थापनका लागि प्रतिमहिना प्रतिव्यक्ति ८१९.८ अमेरिकी डलरको सहायताको घोषणा गरेको छ ।
जर्मनीले नयाँ शरणार्थी प्रवेशलाई व्यापक रूपमा नियन्त्रण गर्न सबै किसिमका कानुनको व्यवस्था गर्न लागेको पनि गृहमन्त्री मिजियरले बताउनुभयो । सिन्ह्वा















प्रतिक्रिया