१ कार्तिक २०८३, शनिबार

अमेरिकी व्यापार घाटा नोभेम्बरमा नौ महिनाकै कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MARKETS-tmagArticleवाशिङटन (अमेरिका), २३ पुस । अमेरिकाको व्यापार घाटा सन् २०१५ को पहिलो नौ महिनाको तुलनामा नोभेम्बरमा कमीआएको अमेरिकी वाणिज्य विभागले बुधबार जनाएको छ ।

नोभेम्बरमा आयात तथा निर्यात दुवैमा कमी देखिए पनि निर्यातको तुलनामा आयातमा कमी भएपछि व्यापार घाटा सकारात्मक देखिएको हो ।

अमेरिकी व्यापार सन्तुलनमा अन्य मुलुकसँगको स्थायी घाटामा क्रमशः कमी देखिएको र यो पाँच प्रतिशतमा झरी नोभेम्बरमा ४२.४ अर्ब अमेरिकी डलर पुगेको हो ।

विश्व अर्थ विश्लेषकले व्यापार घाटामा वृद्धि हुने बताउँदै आए पनि आश्चर्यजनक रूपमा कमी हुन आएको छ ।

त्यसैगरी अक्टुबरको व्यापार घाटा पहिले बताइएको ४३.४ अर्ब अमेरिकी डलरबाट ४४.६ अमेरिकी डलर पुगेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । एएफपी